अर्थ

नागढुङ्गा–नौबिसे सडकखण्डको वैकल्पिक मार्ग बनाउने तयारी

काठमाडौं– राष्ट्रिय योजना आयोगले सीपाइला, लामीडाँडा, गल्छी, कल्लेरी हुँदै कुम्पुर सलाङबाट बेनी दोभानको सडक निर्माण गरी वैकल्पिक राजमार्ग बनाउने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डा.पुष्प कँडेलका अनुसार नागढुङ्गा नौबिसे सडकको विकल्पको रुपमा उक्त मार्ग उपयुक्त हुनेछ।

धादिङबेँसीमा प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले काठमाडौँ उपत्यका भित्रिने नाका नागढुङ्गा नौबिसे सडकमा जाम भइरहने र अबका दिनमा यही सडकले सवारी आवागमन धान्न नसक्ने भएकाले वैकल्पिक राजमार्ग बनाउनुपर्ने आवश्यकता आएको बताएका हुन्।

‘काठमाडौँमा ५० लाख मानिस बस्छन्’ उनले भने, ‘यस अवस्थामा वैकल्पिक मार्ग आवश्यक भइरहेको सन्दर्भमा काठमाडौँको चाप कम गर्न र लामीडाँडादेखि गल्छी, कल्लेरी, कुम्पुर, सलाङ हुँदै बेनिदोभानसम्म त्रिशूली उपत्यकाको रुपमा विकास हुने र वैकल्पिक राजमार्ग बनाउन सकिनेछ।’

उनले उक्त योजनाको दशैँपछि अध्ययन भई छिट्टै काम शुरु हुने जानकारी दिए। रासस

प्रकाशित: १५ आश्विन २०७६ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App