अर्थ

महँगिदै चुलो

काठमाडौं – चाडपर्व नजिकिँदै गर्दा तरकारीको भाउ अकासिँदै गएपछि उपभोक्ताको भान्छा महँगिएको छ। पछिल्लो दुई हप्तामा तरकारीको मूल्यतीन गुणा बढेको छ।एक महिनाअघि प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजलाई अहिले एक सय ४० रुपैयाँ तिर्नुपर्छ।

पाँच महिनाअघि भाउ बढेर गोलभेंडाले लिएको चर्चाको अहिले प्याजले लिएको छ। सामाजिक सञ्जालदेखि उपभोक्ताको भान्छासम्म प्याजकै चर्चा छ। दसैं–तिहारको मुखमा तरकारीको भाउ बढ्नुलाई उपभोक्ता अस्वाभाविक ठान्छन्। भारतबाट नेपाल आउने प्याजको भाउ उतै बढेकाले नेपालमा महँगिएको कालीमाटीका व्यापारी बताउँछन्।

कालीमाटीमा प्याजको मात्रै व्यापार गर्ने सरदिप सिंहले प्याज आपूर्ति नैघटेको बताए। ‘एक महिनाअघि प्रतिकिलो ६० रुपैयाँमा बेचेको प्याजको भाउ बढेर ९० रुपैयाँ पुग्यो,’ उनी भन्छन्, ‘आइतबारत त्यो पनि एक्कासि बढेर प्रतिकिलो एक सय २५ रुपैयाँपुग्यो।’ यसरी प्याजको भाउ बढ्नुमा पहिले भारतले लिने भन्सार शुल्क र अहिले निर्यातमा प्रतिबन्ध मुख्य कारण रहेको उनको बुझाइ छ।

नेपालमा प्याजको उत्पादन निकै कम भएकोलेभारतको भर पर्नुपरेको उनले बताए। प्याजसँगै अन्य तरकारीको मूल्य पनि बढेको छ। आलुको भाउ पनि बढेकोकालीमाटीका व्यापारी बताउँछन्। भारतबाट आउने आलुको मूल्य प्रतिकिलो ३० रुपैयाँ र नेपालको पालुङे आलुको ६० रुपैयाँ छ।

२८ वर्षदेखि कालीमाटीमा तरकारी व्यापारगरिरहेकी तारा केसीसहरीकरणको प्रभावसँगै खेतीकिसानी घट्नाले तरकारी महँगिएको बताउँछिन्। नेपालमा उत्पादन नै नहुनु र सधैं बाहिरी देशको भर परेर बस्नु नै यसको मूल कारणभएको उनले बताइन्।

१५ दिनअघि प्रतिकिलो दुई सय १० रुपैयाँ रहेको धनियाँको मूल्य अहिले पाँच सय रुपैयाँ पुगेको छ। भिन्डी, काउली, इस्कुस, घिरौंला, हरियो खुसार्नी पनि महँगिएको छ।लम्बिएको बर्खाकाकारण तरकारीका फूल झर्ने रकुहिने समस्याले माग अनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको व्यापरी बताउँछन्।

कालीमाटीबाट तरकारी लिएर बालाजु माछापोखरी जाँदै गरेका व्यापारी कर्ण खत्रीले अहिले बढेको भाउप्रति असन्तुष्टि जनाए। कालीमाटीबाट गाडीमा ल्याइएको प्याजलाई भाडा जोडेर प्रतिकिलो एक सय ४० रुपैयाँमा बेचेको उनले बताए। उनका अनुसार माछापोखरीमा तरकारीको भाउ आलु प्रतिकिलो एक सय ७०, लामो हरियो खुर्सानी तीन सय,इस्कुस ३०, फुलगोबी र बोडीसय रुपैयाँ छ। भारतले आइतबार प्याज निर्यातमा रोक लगाएपछि अब चाइनाबाट प्याज आउने र त्यसको भाउ भारतीयको भन्दा कम हुने उनको भनाइ छ।

प्रकाशित: १४ आश्विन २०७६ ०२:४३ मंगलबार

चाडपर्व महँगि उपभोक्ताको_भान्छा