अर्थ

सुनको भाउ घट्यो

काठमाडौं– लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज प्रतितोला रु ६०० ले घटेको छ। 

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ७० हजार ५०० मा कारोबार भएकोमा आज भने प्रतितोला रु ६९ हजार ९०० मा कारोबार भएको छ। तेजाबी सुन पनि प्रतितोला रु ६०० ले घटेको हो। 

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो। यस्तै चाँदी पनि शुक्रबारको तुलनामा रु १५ ले घटेर प्रतितोला रु ८४५ मा कारोबार भएको छ। 

प्रकाशित: १२ आश्विन २०७६ ११:२६ आइतबार

सुन मूल्य वृद्धि नेपाल_सुनचाँदी_व्यवसायी_महासङ्घ