अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.०५ अंकले घटेको छ। दोहोरो अंकले घटेपछिे नेप्से ११३९.२५ बिन्दूमा झरेको छ।

साताको पहिलो दिन आइतबार कुल १६६ वटा कम्पनी कारोबारमा आएका थिए। ती कम्पनीका ८ लाख ४८ हजारभन्दा बढी कित्ता सेयर २२ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ।

आज कारोबारमा आएका  समूहमा अन्य समूहबाहेक सबै समूहमा गिरावट आएको छ। अर्थमन्त्री युवराज खतिवडाले ‘सेयरबराजमा  लगानी गर्ने समय आएको’ अभिव्यक्ति दिएपछि सेयर बजारमा उत्साह देखिएको थियो। तर, नेप्सेमा उक्त उत्साह लामो समय टिक्न सकिरहेको छैन।।

प्रकाशित: ५ आश्विन २०७६ १०:२९ आइतबार

नेप्से गिरावट