अर्थ

राताम्मे सेयर बजार, नेप्सेमा भारी गिरावट

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। ११६० दशमलव २६ बिन्दूबाट सुरु भएको नेप्से परिसूचकमा १७ दशमलव ८७ अंकले घटेर ११४० दशमलव ०१ बिन्दुमा झरेका हो। खरिद गर्नेभन्दा बिक्रि गर्ने ग्राहकको संख्या बढि भएपछि समग्र सेयर बजार राताम्मे भएको हो।

कारोबारमा आएका ठूला कम्पनीको सेयर मूल्यमा पनि गिरावट आएको छ। आइतबार ३ दशमलव १९ अंकले सेन्सेटिभ इन्डेक्समा गिरावट आएको हो। आज कुल १६२ कम्पनी कारोबारमा आएको थियो। उक्त कम्पनीका १० लाख ९० हजार २ सय कित्ता सेयर खरिद बिक्रीबाट २८ करोड ८१ लाख रुपैयाँ सेयर बजारमा लगानी भएको छ।

कारोवारमा आएका ११ वटै उपसूचकमा गिरावट आएको छ। सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूह ६६ अंकले गिरावट आएको छ। ३ दशमलव ५ प्रतिशतले सेयर मूल्य वृद्धि भएपछि रिलायन्स फाइनान्स कम्पनीका लगानी कर्ताले सबैभन्दा बढि सन्तुष्ट भए। त्यस्तै गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाए।

प्रकाशित: २९ भाद्र २०७६ ११:२८ आइतबार

नेपाल_स्टक_एक्सचेन्ज_(नेप्से) सेयर_बजार