अर्थ

सुनको मुल्य अहिलेसम्मकै उच्च, कति छ बजार भाउ ?

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ। बजारमा सुनको मुल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाली बजारमा आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको छ।

त्यस्तै चाँदीको मुल्य पनि आइतबार अहिलेसम्मकै उच्च भएको छ। चाँदीको मूल्य पनि आइतबार प्रतितोला ८ सय ५० रुपैयाँ पुगेको छ।

प्रकाशित: ८ भाद्र २०७६ ०७:२६ आइतबार

सुनचाँदी मुल्य