अर्थ

‘चिसो मुलुकको यात्रा गर्ने साउदीका लागि नेपाल उपयुक्त स्थान’

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीले आइतबार साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन्। 

चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले राजदूत सिंहसँग साउदी अरेबियासँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए। उनले बैदेशिक रोजगारीका लागि साउदी अरब प्रमुख स्थानभएको उल्लेख गर्दै दूतावासले पुर्याएको कार्यका सराहना गरे।

उनले दुई देशबीच व्यापारिक, आर्थिक एवं लगानीको सम्बन्ध, विकास एवं सुदृढ गर्नुपर्ने, दुई देशका उद्यमी व्यवसायी बीचमा द्विपक्षीय व्यापार एवं आर्थिक सम्बन्धको विस्तार गरि नयाँ व्यावसायिक अवसरहरुको सम्भावना पहिचान गर्नुपर्ने बताए।

सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागेको नेपाल चेम्बर एक्स्पोमा साउदी अरेबियाबाट समेत सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए। नेपाल र साउदी अरेबियाबीच आर्थिक एवं व्यापारिक सम्बन्धको विस्तारमा पर्यटन एउटा सम्भावित अंग भएकाले चिसो मुलुकको यात्रा गर्ने साउदीका लागि नेपाल उपयुक्त स्थान भएको अध्यक्ष श्रेष्ठले बताए। 

भेटमा साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहले नेपाल पर्यटन वर्ष २०२० सफल पार्नलाई साउदी नागरिकका लागि प्रचार प्रसार पर्याप्त रुपमा गर्नुपर्ने बताए। उनले नेपालबाट व्यापारीक प्रतिनिधि मण्डलले साउदी अरबियाको भ्रमण गर्ने र बि टु बि बैठक आयोजना दूताबासको पहलमा गर्न आफू तयार रहेको बताए। 

यसैबीच चेम्बर अफ कमर्शको सचिवालयमा भारतका लागि नेपाली दूताबासका मिनिस्टर (इकोनोमिक) नीता पोखरेलसँग चेम्बर अध्यक्ष श्रेष्ठको छुट्टै भेट भएको छ। सो भेटमा अध्यक्ष श्रेष्ठले नेपालको भारत छिमेकी मुलुक भएकोले व्यापार, पर्यटन प्रबर्द्धन सँगसँगै जानुपर्ने स्थिति रहेको बताए। अध्यक्ष श्रेष्ठले भारतमा व्यापार÷उद्योग विगत केही वर्षदेखि उल्लेखनीय रुपमा बढेकाले त्यसको फाइदा हामीले लिन कुन मोडालिटी तयार गर्ने त्यसबारेमा भारतीय पक्षसँग छलफल गरिदिन आग्रह गरे। 

भेटमा पोखरेलले नेपालीउद्योग÷व्यवसायको सहजीकरणको लागि आफू प्रयत्नशीन रहने र निजी क्षेत्रसँगको सहकार्य आवश्यक एवं अनिवार्य रहेको हुँदा निजी क्षेत्रबाट समस्या एवं सुझाबसहितको अपेक्षा रहेको बताए

प्रकाशित: १ भाद्र २०७६ १४:१९ आइतबार

नेपाल_चेम्बर_अफ_कमर्स राजेशकाजी_श्रेष्ठ साउदी_अरब नेपाली_राजदूत महेन्द्र_सिंह