अर्थ

इतिहासकै सबभन्दा बढी संख्यामा कारोबार

काठमाडौं – नेपाली पुँजी बजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ। कारोबार विवरण अनुसार २९ हजार चार सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार पाँच सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार पाँच सय ४२ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको योगदान सबैभन्दा बढी रहेको स्टकले जनाएको छ। स्टकका अनुसार बिहीबार रसुवागढीको सेयर १२ हजार पाँच सय नौपटक र सान्जेनको ११ हजार नौ सय ९१ पटक कारोबार भएको छ।

प्रकाशित: २४ श्रावण २०७६ ०२:२२ शुक्रबार

पुँजी_बजार कारोबार