अर्थ

डिजेल र पेट्रोलकाे मूल्य बढ्यो, ग्यासको घट्यो

काठमाडाैँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। मंगलबार राती १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य  बढाएको हाे। निगमले पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा एक रुपैयाँ ५० पैसा बढाएको छ।

अब उपभोक्तालाई काठमाडौंमा पेट्रोल १ सय ९ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ। निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ। 

त्यस्तै निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ। अब उपभोक्ताले ग्यास १३ सय ७५ रुपैयाँमा पाउनेछन्। यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो।

निगमले आर्थिक वर्ष २०७५/७६ मा एल.पि.ग्यासमा करिब रु. ६ अर्व नोक्सानी व्यहोरेको थियो, जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

प्रकाशित: २१ श्रावण २०७६ १६:०२ मंगलबार

नेपाल_आयल_निगम