अर्थ

रसुवामा १० अर्ब ७४ करोड राजस्व संकलन

रसुवा – रसुवामा एक वर्षमा १० अर्ब ७४ करोड राजस्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालय रसुवाका अनुसार जिल्लामा १० अर्ब ७४ करोड एक लाख ७३ हजार चार सय ५५ रुपयाँ राजस्व संकलन भएको छ।

आर्थिक वर्ष ०७५/७६ मा सबैभन्दा बढी रसुवागढी भन्सार कार्यालयले राजस्व संकलन गरेको छ। कार्यालयले साउनदेखि असार मसान्तसम्ममा १० अर्ब ५७ करोड ३१ लाख १७ हजार दुई सय ५९ रुपैयाँ राजस्व संकलन गरेको छ। जुन जिल्लामा उठेको राजस्वको ९८.४४ प्रतिशत हो।

लाङटाङ राष्ट्रिय निकुञ्जले चार करोड ४१ लाख ६९ हजार, अध्यागमन कार्यालयले ९२ लाख ६४ हजार, ट्राफिक प्रहरीले ४७ लाख ५२ हजार र जिल्ला प्रशासन कार्यालय रसुवाले ४४ लाख तीन हजार राजस्व संकलन गरेका छन्।

रसुवागढी नाकामा कारोबारमा वृद्धि, पर्यटक आगमन बढेको, सवारी साधनको कार्बाही बढ्दै गएको र राहदानी बनाउने क्रम बढेको कारण राजस्व संकलन पनि बढेको हो।

प्रकाशित: २१ श्रावण २०७६ ०२:४३ मंगलबार

रसुवा राजस्व संकलन