अर्थ

‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ भदौ अन्तिम साता

काठमाडौं– राजधानी काठमाडौंमा भदौं अन्तिम साता तेस्रो ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ। 

नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौंको २५ र २६ गते काठमाडौंमा तेस्रो नेपाल शिखर सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा नेपालले पूर्वाधारको विकासको क्षेत्रमा सन् २०३० सम्मका लागि गर्नुपर्ने तयारीका विषयमा विस्तृत छलफल हुने परिसंघका अध्यक्ष सतिसकुमार मोरले जानकारी दिए।

परिसंघले सम्मेलनमा भारत, बंगलादेश, दक्षिण कोरिया लगायतका देशहरुका प्रतिनिधिहरु सहभागी हुने पनि जनाएको छ। निर्माणको क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी व्यवसायीहरुको समेत उपस्थिति हुने सो सम्मेलनले नेपालको पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने विश्वास गरिएको  ।

प्रकाशित: १९ श्रावण २०७६ १५:५७ आइतबार

नेपाल_पूर्वाधार_शिखर_सम्मेलन नेपाल_उद्योग_परिसंघ काठमाडौं