अर्थ

मौद्रिक नीतिप्रति उद्योग परिसंघ सकारात्मक

काठमाडौं, – नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिले मुलुकको समग्र विकासलाई सघाउन पु-याउने आधार सिर्जना गरेको जनाएको छ।

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिले सरकारको ८.५% को आर्थिक वृद्धिको लक्ष्यलाई सघाउ पु-याउँदै मुद्रास्फितीलाई वान्छित सीमामा राख्न सहयोग पु-याउने विश्वास व्यक्त गरेको छ। बैंक दरमा कटौती गरिनु, पुनरकर्जाको दर घटाइनु, ब्याजदर कोरिडोरलाई प्रभावकारीरुपले लागू गर्ने प्रावधान ल्याइनु सकारात्मक पक्ष रहेको विज्ञप्तिमा उल्लेख छ।

निजी क्षेत्रले माग गर्दै आएको अनुमानयोग्य ब्याजदर तथा त्यसको स्थिरता कायम गर्न केहि मौद्रिक उपकरणहरु प्रयोग भएकाले यस नीतिले निजी क्षेत्रको चासोलाई समेत ध्यान दिएको महासंघले जनाएको छ। ‘नीतिले तरलता व्यवस्थापन गर्न पर्याप्त ध्यान दिएको हामीले महशुस गरेका छौं,’ विज्ञप्तिमा छ। गैरआवासी नेपाली तथा संस्थागत विदेशी निक्षेपकर्ताबाट विदेशी मुद्रा निक्षेप संकलन गर्नसक्ने प्रावधानलाई महासंघले सकारात्मक रुपमा लिएको छ।

प्रकाशित: १० श्रावण २०७६ ०३:४९ शुक्रबार

नेपाल_उद्योग_परिसंघ नेपाल_राष्ट्र_बैंक मौद्रिक_नीति