अर्थ

सेयर बजारमा सामान्य सुधार

काठमाडौं – धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आइतबार सामान्य उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४८ बिन्दुले बढेर एक हजार २७१.२३ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ बिन्दुले बढेर २७३.५० मा पुगेको छ।

नेप्से उकालो लाग्दा एक सय ६६ कम्पनीको १० लाख ८४ हजार पाँच सय ५३ कित्ता सेयर ३१ करोड ६६ लाख ४३ हजार चार सय २१ रुपैयाँमा किनबेच भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार कारोबार भएका ११ उपसमूह मध्ये तीन उपसमूहको परिसूचक ओरोलो लागेको छ। त्यसमा निर्जीवन बिमा कम्पनी २१.८३, जीवन बिमा ६.४ र सामूहिक लगानी कोष ०.१९ बिन्दुले घटेको छ। यस्तै, बैंकिङ २.३४, होटल १७.०९, विकास बैंक १.७, जलविद्युत् ५.७३, वित्त ०.८७, उत्पादन ७.४५, अन्य २.०६ र लघुवित्त ७.४८ बिन्दुले बढेको छ।

लाभकर गणना विधिका विषयमा बुझाइमा केही समस्या भएपछि लगानीकर्ता अन्योलमा परेकाले बजार अपेक्षित उकालो लाग्न नसकेको बताइएको छ। स्टकका अनुसार कारोबारका आधारमा आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छन्। सो कम्पनीको दुई करोड ३६ लाख ९८ हजार ६५ बराबरको कारोबार भयो। यस्तै, सिभिल बैंक एक करोड ६७ लाख ८८ हजार एक सय ४२, नबिल बैंक एक करोड ५८ लाख ५९ हजार नौ सय २१, शिवम् सिमेन्ट एक करोड ४८ लाख ५९ हजार ६ सय तीन र नेपाल बैंक एक करोड १० लाख ६३ हजार पाँच सय ९२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले यस दिन ६.९३ प्रतिशतले कमाए। यस्तै, सपोर्ट माइक्रोफाइनान्स ५.६१, प्रुडेन्सियल इन्स्योरेन्स ३.७०, नेशनल माइक्रोफाइनान्स ३.५८ र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.९७ प्रतिशतले कमाए।

यसैगरी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.७२, समिट लघुवित्त वित्तीय संस्था ५.०९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.१०, नेपाल हाइड्रो डेभलपर ३.९० र स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.५५ प्रतिशतले गुमाए।

प्रकाशित: ७ श्रावण २०७६ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App