अर्थ

परिसंघ टोली चीन प्रस्थान

काठमाडौं – मित्रराष्ट्र चीनको डालियान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन नेपाल उद्योग परिसंघको एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा परिसंघका उपाध्यक्षद्वय अनुज अग्रवाल तथा सुलभ अग्रवाल, राष्ट्रिय परिषद् सदस्य आश्मि राणा तथा सदस्य मनोज गोयल सहभागी छन्।

प्रतिनिधिमण्डलले चीनमा रहँदा त्यहाँको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्का उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछ। भेटघाटमा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी बढाउन परिसंघले आग्रह गर्ने बताइएको छ।

त्यस्तै मित्रराष्ट्र बंगलादेशबाट उक्त सम्मेलनमा भाग लिन आउने मन्त्रीलगायत उच्च पदस्थ अधिकारीसँग समेत नेपालको लगानी वातावरणबारे छलफल गर्ने कार्यक्रम रहेको परिसंघले जनाएको छ। नेपाली प्रतिनिधिमण्डलले डालियानमा रहँदा अन्य देशका समकक्षीसँग समेत सहकार्यका लागि छलफल गर्ने कार्यक्रम छ।

प्रकाशित: १७ असार २०७६ ०४:०६ मंगलबार

मित्रराष्ट्र_चीन विश्व_आर्थिक_मञ्च वार्षिक_सम्मेलन