अर्थ

बैंक ग्यारेन्टीको पैसा दिन फैसला

काठमाडौं – काठमाडौं जिल्ला अदालतले हिमालयन बैंकले नेपाल हाइड्रो एन्ड इलेक्ट्रिकलाई बैंक ग्यारेन्टीबापतको जम्मा ५९ लाख ७४ हजार रुपैयाँ दिनुपर्ने फैसला गरेको छ।

नेपाल हाइड्रोका अनुसार २०७५ माघ १० मा अदालतले गरेकोे निर्णयसहितको लिखित फैसला हिमालयन बैंकले औपचारिक रुपमा प्राप्त गरेको छ। नेपाल विद्युत् प्राधिकरण काठमाडौं उपत्यकाको चपलीस्थित सबस्टेसन विस्तारको सिभिलतर्फको काम समयमा सम्पन्न नभएपछि उठेको विवाद अदालतसम्म पुगेको थियो।

प्रकाशित: २ असार २०७६ ०४:२८ सोमबार

जिल्ला_अदालत हिमालयन_बैंक बैंक_ग्यारेन्टी