अर्थ

भारतबाट कच्चा पदार्थ बोकेर आउने मालबाहक गाडी नरोक्न गृहको परिपत्र

काठमाडौं– सरकारले भारतबाट कच्चा पदार्थ बोकेर आउने मालबाहक गाडीहरु नरोक्न देशको तराईका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ।

विशेषगरी भारतसँग सीमा जोडिएका २२ जिल्लामा गृह मन्त्रालयले नेपाली उत्पादनमुलक उद्योगहरुमा प्रयोग हुने कच्चा पदार्थ बोकेका गाडीहरु नेपाल प्रवेश गर्ने क्रममा प्रवेश नाकादेखि लोड गरी उद्योग स्थलसम्म ल्याउँदा बाटोमा ट्राफिक प्रहरीबाट ओभरलोड भनेर ट्रक र ट्रेलरहरु समातेर दुःख दिने, जरिवाना तिराउने, हैरानी दिने, २/३ दिनसम्म होल्ड राख्ने गरेको र यसले उद्योग सञ्चालनमा असर परेको गुनासो उद्योगीहरुबाट आएको भन्दै नियामक निकायको समन्वय र अनुरोध विना क्षेत्राधिकार विपरित रोक्ने, दुःख हैरानी दिने कार्य नगराउन भनेको छ। 

गृह_मन्त्रालय मालबाहक_गाडी जिल्ला_प्रशासन_कार्यालय ट्राफिक_प्रहरी