अर्थ

प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ

काठमाडौं – प्राइम बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चुनिएका छन् ।

आइतबार सम्पन्न बैंकको ११औं वार्षिक साधारण सभाले संस्थापक समूहबाट उनीसहित नरेन्द्र बज्राचार्य र उदयमोहन श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेललाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको थियो ।

सोमबार सम्पन्न नवनिर्वाचित सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसम्मतिबाट अध्यक्ष चुनेको बैंकले जनाएको छ ।

 

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:२२ मंगलबार

प्राइम_बैंक अध्यक्ष