अर्थ

रिलायबल नेपाल एनसिएचएलमा आबद्ध हुँदै

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सम्झौता गरेको छ ।

इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएल–आइपिएस र कन्टेन्ट आइपिएस ई–पेमेन्ट प्रणालीसँग आबद्ध भएपछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बिल, भुक्तानी लिनुपर्ने रकम र लगानीसम्बन्धी कारोबार संस्थासँग आबद्ध भएका बैंक खाताबाट सोभैm गर्न सकिने जनाइएको छ। इन्स्योरेन्सका बिमितले आफ्नो बिमा शुल्क पनि अनलाइनमार्फत तिर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:२० मंगलबार

रिलायबल_नेपाल_लाइफ_इन्स्योरेन्स