अर्थ

हुन्डार्ई फेस्टिभ डिलाइटका विजयीे पुरस्कृत

काठमाडौं – नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७५ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ।

हुन्डाईले विजयीहरुः बद्रिकुमार खड्कालाई क्रेटा र भावना केसीलाई आइटुओ एक्टिभको साँचो हस्तान्तरण गरेको जनाएको छ। उक्त योजनाअन्तर्गत खरिदकर्ताले एक थान क्रेटा र एक थान आइटिओ एक्टिभ, सयजनाले १० ग्राम सुनसहित स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्मको नगद छुट पनि प्राप्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

सबै हुन्डाईका गाडीमा तीन वर्ष वारेन्टी, चार वर्ष निःशुल्क सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सुविधा छ। कम्पनीले देशभर १५ सोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ।

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:४४ सोमबार

हुन्डाई_अटोमोबाइल्स डिलाइट पुरस्कृत