काठमाडौं – हेटौंडा लेडी जेसिसले स्लो स्कुटर प्रतियोगिता २०१९ आयोजना गरेको छ । सडक दुर्घटनाबारे जानकारी गराउन र सुरक्षित सवारी केन्द्रित ट्राफिक नियमबारे जानकारी गराउन जेसिज सप्ताह २०१९ अन्र्तगत उक्त गल्फ स्लो स्कुटर प्रतियोगिता आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगितामा सुमित्रा लामा, सुजुता श्रेष्ठ र उषा रोकाले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरेको जनाइएको छ ।
प्रकाशित: २७ जेष्ठ २०७६ ०४:३९ सोमबार