अर्थ

एलआइसी नेपालले ७० प्रतिशत प्रतिफल लिने

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडले आर्थिक वर्ष ०७४/७५ को मुनाफाबाट सेयरधनीलाई ७० प्रतिशत प्रतिफल दिने भएको छ।

कम्पनी सञ्चालक समितिले ३४.४७ प्रतिशत बोनस सेयर र ३५.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो। बिमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले उक्त प्रतिफल पाउने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ जेष्ठ २०७६ ०३:४२ बिहीबार

लाइफ_इन्स्योरेन्स_कर्पोरेसन लाभांश एलआइसी