अर्थ

खानेपानी र सरसफाईका लागि ४३ अर्ब ४६ करोड विनियोजन

काठमाडौं– सरकारले खानेपानी र सरसफाईका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेको छ।

आगामी बर्ष ९२ प्रतिशत जनतालाई स्वच्छ खानेपानी सेवा पुर्याउने लक्ष्यसहित नयाँ आयोजना सुरु गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने, गुणस्तर सुधारका आयोजनाहरु अघि बढाउने गरि बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

मेलम्ची खानेपानी आयोजना आगामी आर्थिक वर्ष सम्पन्न गर्नका लागि सरकारले ७ अर्ब ३९ करोड विनियोजन गरेको छ।

प्रकाशित: १५ जेष्ठ २०७६ १२:३५ बुधबार

बजेट खानेपानी_र_सरसफाई_मन्त्रालय मेलम्ची_खानेपानी_आयोजना