अर्थ

यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड बजेट

काठमाडाैँ - सरकारले यातायात व्यवस्थापन शीर्षकको लागि आगामी आर्थिक वर्षमा १ अर्ब ५३ करोडको बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सरकारले यातायातको व्यवस्थापनमा विशेष प्राथमिकता दिएको बताए ।

सरकारले सडक यातायातमा लागानी गरेर दुर्घटना न्युनीकरणमा सहयोग पुग्नेबजेट भाषणको क्रममा अर्थमन्त्री खतिवडाले बताए।

प्रकाशित: १५ जेष्ठ २०७६ ११:५० बुधबार

यातायात व्यवस्थाप संसद