अर्थ

सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने

काठमाडौं– सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने भएको छ। यसअघि बुढीगण्डकी जलविद्युत आयोजनाका लागि भन्दै पेट्रोल र डिजेलका उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँ उठाइसकेका बेला वर्तमान सरकारले सडकको मर्मतका लागि भन्दै थप १ रुपैयाँ शुल्क लिने घोषणा गरेको हो। 

अर्थमन्त्री युवराज खतिवडाले बुधवार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सडक मर्मतमा बजेटको अभाव हुन नदिन पेट्रोल र डिजेलबाट प्रतिलिटर थप १ रुपैयाँ सरकारले लिने बताए। यो घोषणासँगै अब पेट्रोल र डिजेलको मूल्य वृद्धि हुने भएको छ। 

प्रकाशित: १५ जेष्ठ २०७६ ११:४५ बुधबार

बजेट पेट्रोल_र_डिजेल सरकार थप_शुल्क