अर्थ

तातोपानी नाका औपचारिक सञ्चालनमा

सिन्धुपाल्चोक - भूकम्पका कारणा चार वर्षदेखि बन्द रहेको उत्तरको प्रमुख ब्यापारिक केन्द्र तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा सन्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव र चीनका वाणिज्य उपमन्त्री झाङ जी वइन लगायत दुबै देशका उच्च अधिकारीले संयुक्त रुपमा रिबन काटेरनाका सञ्चालनमा आएको घोषणा गरेका हुन्।

नाका सन्चालनार्थ आयोजित कार्यक्रम नवनिर्मित मितेरी पुलमा राखिएको थियो। नाका सन्चालन भएसँगै उक्त नाकाबाट ऊन बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएका छन्। गत सोमबार ती कन्टेनर सामान लोड गर्न खासा गएका थिए।

नाका सञ्चालनपछि चिनिया बाणिज्य उपमन्त्री झाङले नेपाल चीनको तातोपानी नाका दुई देशबीचको सेतु बन्ने बताए। 'चीनका राष्ट्रपति सी जिङ पङिको पनि सन्देह पनि यहि छ। म त्यो सन्देश सुनाउन आएको हु।' उनले भने

नेपालका उद्योग, वाणिज्य तथा आपुर्ति यादवले नेपाल र चीनबीच कुटनीतिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मात्र नभएर जनता-जनता बीचको सम्बन्ध रहेको बताए। चीनको विकासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै उनले भने, 'भूकम्पपछि बन्द रहेका नाका सञ्चालनमा ल्याएर चीनले नेपाली र स्थानीयबासीमा ठूलो गुण लगाएको छ।'

प्रकाशित: १५ जेष्ठ २०७६ ०७:२२ बुधबार

भूकम्प तातोपानी_नाका सन्चालन