अर्थ

मुक्तिनाथ विकास बैंकमा बज्राचार्य

काठमाडौं – मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा समिरशेखर बज्राचार्य नियुक्त भएका छन्। बैंक तथा वित्तीय संस्थामा करिब १८ वर्ष बिताएका बज्राचार्य यसअघि गण्डकी विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।

हाल बैंकले एक सय १४ वटा शाखा र २२ वटा एटिएमबाट ६ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ। हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आवद्ध गरी जीवन बरदान बचत खाता पनि सञ्चालनमा ल्याएको विज्ञप्तिमा जनाएको छ।

 

 

 

प्रकाशित: १२ जेष्ठ २०७६ ०२:५५ आइतबार

मुक्तिनाथ_विकास_बैंक प्रमुख_कार्यकारी_अधिकृत