अर्थ

अग्नि ग्रुपको ब्रान्डदूतमा शृंखला

काठमाडौं – महिन्द्रा एन्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्रान्डदूतमा पूर्व मिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले गाडीको चाबी खतिवडालाई हस्तान्तरण गरेका थिए।

अग्निले तीन वर्षदेखि महिन्द्रा बोलेरो पिकअप खरिद गरी उद्यम सञ्चालन गर्दै आएका २५ ग्राहकका २५ छोरा–छोरीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार र प्रशंसा–पत्र पनि वितरण गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: १२ जेष्ठ २०७६ ०२:५३ आइतबार

अग्नि_ग्रुप शृंखला_खतिवडा ब्रान्डदूत