अर्थ

एनआइसी एसिया–नोबेल हस्पिटल सम्झौता

काठमाडौं – एनआइसी एसिया बैंक र नोबेल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।

बुधबार बैंकका कर्मचारी र ग्राहकका लागि अस्पतालको सेवामा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको हो। सम्झौता अनुसार बैंकका कर्मचारी, ग्राहक र तिनका परिवार तथा आफन्तले नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट पाउने छन्।

बैंकका व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ।

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App