अर्थ

कांग्रेस नेता प्रकाशमान जब नबिना लामाको कफी शप पुगे...

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेकपाकी सांसद एवं अनेरास्ववियुकी पूर्वअध्यक्ष नबिना लामाले सञ्चालन गरेको कफी शपमा पुगेका छन्।

लाैह पुरूष गणेशमान सिंहका छाेरा एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका प्रकाशमानले नबिना फरक पार्टीको युवा नेतृ भए पनि उनले सञ्चालन गरेको रिमठिम रेस्टुरेन्ट एण्ड कफी शपमा पुगेर व्यवसायिक सफलताको शुभकामना दिएका हुन्। प्रकाशमानलाई नबिनाले स्वागत गरेकी थिइन्। 

सिंहका प्रेस सहयोगी युपी लामिछानेका अनुसार राजनीतिमा जस्तै व्यवसायमा पनि सफल हुन नबिनालाई शुभकामना दिएका थिए।

नबिनाले युवाहरुसँग मिलेर मीनभवनस्थित संसद भवन अगाडि रिमठिम रेस्टुरेन्ट एण्ड कफी शप सञ्चालनमा ल्याएकी छिन्। यो रेस्टुरेन्ट पछिल्लो समय राजनीतिक नेता कार्यकर्ताको थलो बनेको छ। 

नेपाली_कांग्रेस प्रकाशमान_सिंह नबिना_लामा कफी_शप