अर्थ

एनआइसी ऋणपत्र आउँदै

काठमाडौं – एनआइसी एसिया बैंक लिमिटेडले हजार रुपैयाँ अंकित दरका ४४ लाख कित्ता एनआइसी ऋणपत्र २०८३/०८४ ल्याउने भएको छ। सात वर्षमा परिपक्व हुने चार अर्ब ४० करोड रुपैयाँ बराबरको उक्त ऋणपत्र जारी गर्न बैंकले सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ। ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ हुनेछ।

ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सानिमा क्यापिटलका समकक्षी मनिषनारायण जोशीले हस्ताक्षर गरेको बैंकले जनाएको छ। चार अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (दुई अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (एक अर्ब ७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ। ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०३:१९ शुक्रबार

एनआइसी_एसिया_बैंक सानिमा_क्यापिटल