अर्थ

शेयर बजारः दुई अङ्कले घट्यो

काठमाडाैं– शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ। नेप्सेका अनुसार आज कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर ९४ करोड ७६ लाख ५६ हजार ५१६ रुपैयाँ मूल्यमा खरीद बिक्रि भए।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ। नेप्सेका अनुसार विकास बैंक २१.२५, वित्त २.८४, निर्जीवन बीमा २७.२७, उत्पादन ९९.७४ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको हो। यस्तै बैंकिङ ८.२४, होटल १२.५६, जलविद्युत् १.१३, अन्य ०.३१, लघुवित्त ५.२३ र जीवन बीमा १२.४० अङ्कले घटेको छ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा पुगेको छ। लगातार उकालो लाग्दै आएको शिवमको शेयर प्रतिकित्ता ५७२ रुपैयाँमा  १३ करोड ४१ लाख आठ हजार ४१५ रुपैयाँमा कारोवार भयो। यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता ३१९ रुपैयाँमा छ करोड ८१ लाख २१ हजार ३०० रुपैयाँ, एनसिसी बैंकको प्रतिकित्ता २६० रुपैयाँमा पाँच करोड २१ हजार ३९९ रुपैयाँमा कारोवार भयो। कृषि विकास बैंकको चार करोड ८१ लाख २० हजार ९३३ रुपैयाँ, एशिएन लाइफ इन्स्योरेन्स कम्पनीको तीन करोड ६८ लाख ८९ हजार ६०० रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनीको तीन करोड ५७ लाख २९ हजार २२८  रुपैयाँ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ।

नेप्सेका अनुसार शिवम् सिमेन्टका शेयरधनीले आज पनि दश प्रतिशतले कमाए। मल्टीपर्पोज फाइनान्स कम्पनी ९.६६, कर्णाली डेभलपमेन्ट बैंक ९.१८, आइएमई जनरल इन्स्योरेन्स ७.०८, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ६.३५ र महालक्ष्मी विकास बैंकका शेयरधनीले ५.२१ प्रतिशतले कमाएका छन्। त्यस्तै कृषि विकास बैंक ३.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ३.८०, प्रोग्रेसिभ फाइनान्स ३.७७, ग्लोबल आइएमइ समुन्नति स्किम ३.७६ र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.७४ प्रतिशतले गुमाएका छन्। रासस

प्रकाशित: २ जेष्ठ २०७६ १०:३६ बिहीबार

नेपाल_स्टक_एक्सचेञ्ज नेप्से शेयर