अर्थ

एभरेस्ट बैंकको होम लोनमा न्यूनतम सरल मासिक किस्ता

काठमाडौं – एभरेस्ट बैंकले मध्यम तथा निम्नवर्गीय परिवारलाई लक्ष्य गरी होम लोन स्किम सार्वजनिक गरेको छ। बैंकले घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि ‘अब भाडा होइन आफ्नो घरको किस्ता बुझाऊँ’ नारासहित न्यूनतम सरल मासिक किस्ता नौ हजार पाँच सय ९९ को होम लोन ल्याएको  हो।

ग्राहकले सेवा शुल्कमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि लोन लिन सकिने बैंकले जानकारी गराएको छ। १० लाखभन्दा बढी ग्राहक रहेको दाबी गर्ने यो बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र एक सय १६ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७६ ०४:१३ सोमबार

एभरेस्ट_बैंक होम_लोन स्किम