अर्थ

युवा कृषि मञ्चमा सिग्देल

बनेपा – कृषि क्षेत्रमा क्रियाशील युवाहरुको संस्था युवा कृषि मञ्चको पहिलो अधिवेशनबाट काभ्रेका जयराम सिग्देल अध्यक्षमा चयन भएका छन्। उपाध्यक्षमा कल्पना तिम्सिना (ताप्लेजुङ), महासचिवमा कृष्णप्रसाद पौड्याल (स्याङ्जा), सचिवमा बाबुराम आचार्य (कपिलबस्तु) र कोषाध्यक्षमा नरेन्द्र विष्ट (बैतडी) रहेका छन्। यस्तै सदस्यमा नारायण अधिकारी (दैलेख), रश्मी पण्डित (काठमाडौं), पुरुषोत्तम हुमागाईं (ललितपुर),  जयकला बस्नेत (खोटाङ), संजय चौधरी (रौतहट) र तारा कुमारी खत्री (बाँके) रहेका छन्।

कृषि क्षेत्रमा आवद्ध युवालाई एकत्रित गर्ने, कृषि क्षेत्रमा क्रियाशील युवालाई सशक्तीकरण गर्ने तथा कृषि क्षेत्रको प्रवद्र्धनका लागि काम गर्ने उद्देश्यका साथ मञ्चले काम गरिरहेको नवनिर्वाचित अध्यक्ष सिग्देलले बताए। अधिवेशनकै अवसर पारेर राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र, समृद्ध काभ्रे कृषि सहकारी संस्था र युवा कृषि मञ्चले धुलिखेलमा राष्ट्रियस्तरको प्रांगारिक कृषि उपज उत्पादन र बजारीकरण सम्बन्धी गोष्ठी आयोजना गरेको थियो।

संघीय सरकारले आगामी १० वर्षभित्र देशलाई ‘अर्गानिक’ बनाउने योजना ल्याएको केन्द्रका प्रमुख डा. हरिबहादुर केसीले बताए। ‘यो अभियानलाई सफल पार्न नीति कार्यान्वयनको चरणमा रहेकाले गाउँपालिका र नगरपालिकाको भूमिका प्रभावकारी रहन्छ। तसर्थ मुलुकलाई अर्गानिक बनाउने अभियान सफल कार्यान्वयनमा स्थानीय तहका पदाधिकारीको महŒवपूर्ण सहयोगको अपेक्षा गरेका छौं,’ उनले थपे।

प्रकाशित: २९ वैशाख २०७६ ०४:१८ आइतबार

कृषि जयराम_सिग्देल संघीय_सरकार