अर्थ

कुमारी बैंकको १७औं र १८औं सभा सम्पन्न

काठमाडौं – कुमारी बैंक लिमिटेडको १७औं र १८औं वार्षिक साधारणसभा बैंकका बिहीबार सम्पन्न भएको छ। अध्यक्ष सन्तोषकुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७३–०७४ र २०७४–०७५ को आर्थिक विवरण, वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको बैंकले जनाएको छ।

साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७३–०७४ को लागि १२.७५ बोनस सेयर र आर्थिक वर्ष २०७४–०७५ को लागि ८.५० बोनस सेयर गरी जम्मा २१.२५ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यो बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड हुने बताइएको छ।

आर्थिक वर्ष २०७५–७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड परिचालन गरेको छ। यसको कुल कर्जा रकम ७३ अर्ब २४ करोड रहेको तथा सञ्चालन मुनाफा एक अर्ब ४२ करोड पुगेको बैंकले जनाएको छ। चालु आर्थिक वर्षको नौ महिनासम्ममा यसको खुद मुनाफा एक अर्ब रुपैयाँ छ। बैंकले काठमाडौं ८८ शाखा, ८३ एटिएम, तीन एक्स्टेन्सन काउन्टर र तीनवटा शाखारहित एकाइबाट सेवा दिइरहेको छ।                  

प्रकाशित: २७ वैशाख २०७६ ०४:०४ शुक्रबार

कुमारी_बैंक_लिमिटेड साधारणसभा सन्तोषकुमार_लामा