अर्थ

आपतकालीन गाडी किन्न साढे १० करोड निकासा

हेटौंडा – प्रदेश नं ३ सरकारले प्रदेशका विभिन्न स्थानीय तहका लागि १० करोड ५७ लाख निकासा गरेको जनाएको छ। सो रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन गरिने गर्ने बताइएको छ।

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलका अनुसार  प्रदेशका ४७ वटा स्थानीय तहले ३७ वटा एम्बुलेन्स, ६ वटा दमकल र सातवटा शवबाहन खरिद गर्न अनुमति पाएका छन्। रकमसमेत निकासा भएको छ।

साधन खरिदका लागि स्थानीय तहहरुमा १० करोड ५७ लाख निकासा गरिएको र खरिद प्रक्रियासमेत सुरु भएको मन्त्री ढुंगेलले जानकारी दिए। प्रदेश ३ का एक सय १९ वटै स्थानीय तहलाई सेवामूलक सवारी किन्न प्रस्ताव आह्वान गरिएकोमा ४७ वटा स्थानीय तहको प्रस्ताव स्वीकृत भएको थियो।

प्रकाशित: २४ वैशाख २०७६ ००:५३ मंगलबार

प्रदेश_नं_३ स्थानीय_तह निकासा