अर्थ

सल्लाघारीमा हेल्दी होमको नयाँ शाखा

काठमाडौं – मोटोपनको उपचार गर्दै आएको हेल्दी होम एन्ड नेचुरल हेल्थकेयर सेन्टरले भक्तपुरको सल्लाघारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। योसँगै हेल्दी होमको शाखा संख्या १० पुगेको छ।

कोरिया लगायत विश्वका अत्याधुनिक प्रविधिबाट मोटोपनको उपचार गर्दै आएको हेल्दीहोमका शाखा काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा लगायत सहरमा छन्। भक्तपुर शाखा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ र अभिनेतृ करिश्मा मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०७६ ०२:२७ बुधबार

मोटोपन हेल्दी_होम_एन्ड_नेचुरल_हेल्थकेयर_सेन्टर