अर्थ

प्रतिव्यक्ति आय गत वर्षकाे तुलनामा बढ्याे

मेनुका कार्की - चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय(जीएनआई) एक लाख १८ हजार आठ सय ९३ रुपैयाँ पुगेको अनुमान गरिएको छ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय लेखाले नेपालीको प्रतिव्यक्ति आय गत आवभन्दा १३ हजार नौ सय ६४ रुपैयाँले बढी हो।

विभागले आज चालु आवको राष्ट्रिय लेखाको तथ्यांक सार्वजनिक गर्दै गत आवको प्रतिव्यक्ति आयको संशोधित तथ्यांक पनि सार्वजनिक गरेको हो। विभागका अनुसार गत आवमा नेपालीको प्रतिव्यक्ति आय एक लाख चार हजार नौ सय २९ रुपैयाँ थियो।

अमेरिकी डलरमा नेपालीको प्रतिव्यक्ति आय चालु आवमा एक हजार ४७ डलर पुगेको छ भने गत आवमा यस्तो आय एक हजार पाँच अमेरिकी डलर थियो।

 

प्रकाशित: १३ वैशाख २०७६ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App