काठमाडौं – मुक्तिनाथ विकास बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच एक सम्झौता भएको छ। सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्ड ग्राहकले उक्त रिसोर्टका सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौतापत्रमा मुक्तिनाथका बजारीकरण विभाग प्रमुख बसन्त बक्सी र रिसोर्टका बिक्री तथा बजारीकरण विभागका अधिकृत भगिरथप्रताप सिंहले हस्ताक्षर गरेका छन्।
प्रकाशित: १३ वैशाख २०७६ ०१:४९ शुक्रबार