अर्थ

एक खर्ब ६५ अर्ब खर्च गर्दै मन्त्रालय

नुवाकोट– बञ्चरेडाँडा सेनेटरी ल्यान्डफिल्ड साइडको शिलान्यास भएको छ। काठमाडौं उपत्यकाबाट उत्पन्न हुने फोहोरको दीर्घकालीन व्यवस्थापन तयार पारिएको उक्त परियोजनाको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले बिहीबार शिलान्यास गरे।

धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बञ्चरेडाँडालाई सेनेटरी ल्यान्डफिल्ड साइडमा अबको दुई महिनामा फोहोर व्यवस्थापन गर्न सकिन्छ’, उनले भने ‘अन्य पूर्वाधार बन्न भने दुई वर्ष लाग्छ।’

मन्त्री राईका अनुसार पहिलो चरणमा फोहोर फाल्ने परियोजना अघि बढ्ने छ भने दोस्रो चरणमा उक्त परियोजना संचालनका लागि भवन बन्ने छ। उनले परियोजना भवनको शिलान्यास गरेका हुन्। परियोजनमा २० हजार लिटर क्षमता भएको दुई ट्याङ्की, ३० मिटर अग्लो ड्यामसहित अन्य पूर्वाधारको ल्यान्डफिल्ड निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो। 

अब बन्ने नयाँ संरचनासँगै अब बन्चरेडाँडामा काठमाडौंको फोहोर बिसर्जनको नयाँ संरचना बन्ने छ। कोहोलपुर खोलालाई फर्काएर ड्याम्प बनाउन लागिएको छ। उक्त खोलामा पुल भने बनिसकेको छ। गत मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। सरकारले उक्त परियोजनाका लागि एक हजार सात सय ८१ रोपनी जग्गा अधिकरण गरेको छ। मन्त्रालयले यो पूर्वाधार बनाउन एक अर्ब ६५ करोड रुपैयाँ खर्चर गर्दै छ। 

नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापनको क्षमता सकिएको नयाँ ठाउँको खोजी सुरु भएको हो। नयाँ स्थानमा फोहोर फाल्ने योजनाअनुसार नै करिब दुई दशअगाडि नै यो स्थान तय भएको थियो। सरकारले गत मंसिर तेस्रो साता काठमाडौंको फोहोर फाल्न आवश्यक थप पूर्वाधार बन्चरेडाँडामा बनाइने जिम्मा सहरी विकास मन्त्रालयलाई दिएको थियो। नयाँ पूर्वाधार बनेपछि बन्चरे डाँडामा काठमाडौंबाट उत्पन्न हुने फोहोर सबै व्यवस्थापन गरे २० र कुहिने र नकुहिने फोेहोर प्रशोधन भएमा ५० वर्षलाई पुग्ने सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ईन्जिनियर मणिराम गेललाले बताए।

‘फोहोर व्यवस्थापन गर्ने मूल्य अभिवृद्धि करबाहेक ३४ करोडमा ठेक्का लागि सकेको छ’, उनले भने, ‘उत्पादित फोहोरलाई आलेटारमा प्रशोधन गरेर ल्याए यो साइड हामी ५० वर्षका लागि ढुक्कले प्रयोग गर्न सक्छौं।’ वातावरणीय पक्षलाई पूर्णरूपमा ध्यान दिएर फोहोरलाई केमिकल राखेर माटोले पुर्ने हो।’ हाल काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक पाँच मेट्रिक टन फोहोर निस्कने गरेको छ।

उपत्यकाको फोहोर फालिँदै आएको नुवाकोटकोे सिसडोल भरिएर केही समयअघिदेखि समस्या आइकेको छ। त्यहाँ विभिन्न पाँच ठाँउ फोहोरको थुप्रो भइसकेको छ। हाल काठमाडौं उपत्यकाबाट निस्कने फोहोरलाई सिसडोल ल्यान्डफिल्ड साइडमा व्यवस्थापन गर्ने गरिएको छ। दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्न लिइएको उक्त साइडमा १४ वर्षसम्म काठमाडौंको फोहोर व्यवस्थापन गरिएको छ। 

अहिले बनाउने प्रक्रिया अगाडि बढेको बन्चरेडाँडा सिसडोल पनि २४ वर्ष अगाडि घोषणा भएको पूर्वाधार हो। यहाँ फोहोर फाल्ने र दीर्घकालीन स्यानेटरी ल्यान्डफिलसाइट बनाउने निर्णय २०५१ मै भएको थियो। बन्चरेडाँडा ल्यान्डफिलसाइटको अवधारणात्मक प्रारूप (कन्सेप्चुअल डिजाइन) आर्थिक वर्ष २०५८/५९ मै बनेको थियो। जापान सहयोग नियोग (जाइका)ले बनाएको प्रारूपअनुसार ल्यान्डफिलसाइट निर्माण गर्न एक अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको थियो। सहरी विकास मन्त्रालयले भने जम्मा एक अर्ब ६५ करोडमा यसको काम अगाडि बढाएको छ।

संघीय सरकारले फोहोर व्यवस्थापनका लागि सरकारले सिसडोलभन्दा करिब २ किलोमिटर पर रहेको बन्चरेडाँडोलाई फोहोर व्यवस्थापनको दीर्घकालीन ल्यान्डफिल्ड बनाउने योजना ल्याएपछि त्यसको पहुँचमार्ग निर्माण गर्न सरकारले चैतमा करिब दुई अर्ब रुपैयाँ निकासा गरेको छ। 

चैत्र महिनामा सरकारले बजेट निकासा गरेसँगै अहिले सिसडोलदेखि बन्चरेडाँडासम्म जाने बाटो निर्माण गर्ने काम भइरहेको छ। शिलान्यास कार्यक्रममा धुनिवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले स्थानीय बासीको माग पुरा हुनुपर्ने बताए।  

 

बञ्चरेडाँडा सेनेटरी_ल्यान्डफिल्ड_साइड मोहम्मद_इश्तियाक_राई