अर्थ

अर्घाखाँचीमा एचएच बजाजको सोरुम

अर्घाखाँची – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरण्क हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले अर्घाखाँचीको सन्धिखर्कमा बस्याल ब्रदर्स् अटोलिंक प्रालिमार्फत सोरुम खोलेको छ।

उक्त सोरुमबाट ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज उपलब्ध गराउने कम्पनीले जनाएको छ। नयाँ सोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले ग्राहकलाई पूर्ण सन्तुष्टि र सुविधा दिने उद्देश्यले अर्घाखाँचीमा नयाँ सोरुम खोलेको बताए। एचएच बजाज देशभरका ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ वैशाख २०७६ ०३:०४ बिहीबार

बजाज हुलासचन्द_एन्ड_कम्पनी