अर्थ

गण्डकी समृद्धि बचत खाता सञ्चालन

काठमाडौं – गण्डकी विकास बैंकले गण्डकी समृद्धि बचत खाता नामको बचत योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गतको खातामा बैंकले सय जम्मा गरिदिने जारी विज्ञप्तिमा उल्लेख  छ। यस खातामा निःशुल्क अन्तरशाखा कारोबार, एटिएम सुविधा, वार्षिक सात प्रतिशत ब्याजदर, निःशुल्क सेयर आवेदन फारम भर्न सकिने बैंकले जनाएको छ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँमा रहेका ७७ शाखा कार्यालयमार्फत आकर्षक ब्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, सी–आस्बा, आइपिएस, मोबाइल बैंकिङ, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्सलगायत सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: १२ वैशाख २०७६ ०३:०० बिहीबार

गण्डकी_विकास_बैंक बचत_खाता