अर्थ

टानको बेरुजु टुंग्याउने आश्वासन

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) र नेपाल पर्यटन बोर्डबीच रहेको समस्या समाधानका लागि छलफल सुरु भएको छ। पहिलो चरणको छलफलमा टानको बेरुजु सम्बन्धमा छलफल भएको थियो।

टानको तत्कालीन अध्यक्ष महेन्द्र सिंको समयको एक करोड २५ लाख र रमेश धमलाको समयको एक करोड ८८ लाख बेरुजु देखिएको थियो। अहिलेसम्म उक्त बेरुजु फस्र्योट हुन बाँकी छ। बेरुजु फस्र्योट नभएकै कारण टानले टिम्स बिक्री गरेबापात पाउनुपर्ने १३ करोड रुपैयाँ रोकिएको टानका सदस्य गोपाल श्रेष्ठले जानकारी दिए।

‘बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीसँग सकारात्मक छलफल भएको छ। छलफलले बेरुजु फस्र्योटको टुंगो लाग्ने आस लिएका छौं,’उनले नागरिसँग भने,‘सिइओले पर्यटन बोर्ड सञ्चालक समितिको बैठकमा बेरुजु फस्र्योटको विषय राख्ने र छिटै टुंग्याउने आश्वासन दिनुभएको छ।’

प्रकाशित: १२ वैशाख २०७६ ०२:५२ बिहीबार

ट्रेकिङ_एजेन्सिज टान नेपाल_पर्यटन_बोर्ड दिपकराज_जोशी