अर्थ

दोस्रो लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ टुर्नामेन्ट सम्पन्न

काठमाडौं – लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा यही वैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुईदिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न भएको छ। युवा र प्रौढ गरी दुई समूहमा विभाजित टुर्नामेन्टमा ९७ जना खेलाडीको सहभागिता रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

१२ जना साना र ८५ जना सिनियर खेलाडी रहेको कम्पनीले जनाएको छ। फिन्जो वाङ्दी लामाले टुर्नामेन्टको उपाधि हात पारेको कम्पनीले जनाएको छ। सुपर सिनियर खेलाडी मेजर विजय मोक्तान घोषित भए। विजयी खेलाडीलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले अवार्ड हस्तान्तरण गरेका थिए।

२०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले फेयर अन्डरराइटिङ, स्मार्ट क्लेम सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आइएसओ प्रमाणित मान्यता पाएको बताइएको छ।

प्रकाशित: १० वैशाख २०७६ ०३:१२ मंगलबार

लुम्बिनी_जनरल_इन्सुरेन्स नेपाल_गल्फ_क्लब