अर्थ

हिमालय एअरलाइन्सको सहयोग

काठमाडौं – हिमालय हिमालय एअरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रयास नेपाल नामको गैरसरकारी संस्थामा अध्ययनरत बालबालिकालाई शैक्षिक र खाजा सामग्री उपलब्ध गराएको छ।

आगामी शैक्षिक सत्रका लागि ती सामग्री उपलब्ध गराएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। प्रयास नेपालले ३२ जना अनाथ बालबालिकालाई आश्रय दिइरहेको कम्पनीले जनाएको छ। सामग्री हस्तान्तरण समारोहमा बोल्दै कम्पनीको ब्रान्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले सामाजिक उत्तरदायी भूमिकामा रहनु कम्पनीको प्रमुख प्राथमिकता रहेको बताइन्। यो पहलमार्फत बालबालिकाको गुणस्तरीय शिक्षाका निम्ति सहयोग र प्रोत्साहन गर्ने क्रियाकलाप सञ्चालन गर्ने पनि उनले बताइन्। प्रयास नेपालका बालबालिकालाई एअरलाइन्सले लगातार तेस्रो वर्ष सहयोग उपलब्ध गराएको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० वैशाख २०७६ ०३:०९ मंगलबार

हिमालय_एअरलाइन्स गैरसरकारी_संस्था