अर्थ

बारामा एचएच बजाजको नयाँ सोरुम

काठमाडौं – एचएच बजाजले सम्पूर्ण सुविधासहितको नयाँ सोरुम गुप्ता मोटर्स बाराको कलैयामा सञ्चालनमा ल्याएको छ। एचएच बजाज ग्राहकले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। नयाँ सोरुम शुभारम्भ गर्दै एचएच बजाजका जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी बाराको कलैयामा नयाँ सोरुम सञ्चालन भएको घोषणा गर्दा निकै खुसी छौं। ग्राहकको बढ्दो मागका कारण हामीले बारामा नयाँ सोरुम सञ्चालन गर्न उत्साहित बनाएको हो। यो विस्तारसँगै बाराका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन्।’

प्रकाशित: १० वैशाख २०७६ ०३:०८ मंगलबार

एचएच_बजाज गुप्ता_मोटर्स