अर्थ

जापानी प्रशिक्षकबाट प्लम्बिङ तालिम

काठमाडौं – पञ्चकन्याग्रुपले  सेकिसुई,जापान र स्टारलाइन इन्टरप्राइजेजभारतको सहकार्यमा विशेष किसिमको प्लम्बिङ तालिम दिएको छ। ग्रुपकाअनुसार वैशाख ४ देखि सञ्चालनग रिएको तालिमदुई दिन चलेको थियो। तालिममा एक सय ७५ जना सहभागी थिए। यसमध्ये चार जना महिला थिए। नेपालमा यस किसिमको तालिम दिने पहिलो निजी कम्पनी पञ्चकन्या ग्रुप बनेको छ।

यो तालिम प्रारम्भिक प्लम्बिङ प्रकार थियो। जापानको प्रख्यात कम्पनी सेकिसुई र भारतको स्टारलाइन इन्टरप्राइजेजका दक्ष, अनुभवी तथा व्यावसायिक प्रशिक्षकले तालिम दिएका थिए। ग्रुपकाअनुसार तालिमको प्रमुख उद्देश्य देशका बेरोजगार युवायुवतीलाई सीपमूलक बनाएर आफ्नै देशमाआम्दानी गर्ने वातावरण सिर्जना गर्नु हो।
पञ्चकन्या ग्रुप अन्तर्गतको कम्पनीले विभिन्न किसिमका गुणस्तरयुक्त पाइप तथा फिटिङ उत्पादन गर्दै आएको छ। फलामे रड पञ्चकन्याको उत्पादन लोकप्रिय भएजस्तै यसका पाइपतथा फिटिङ्सहरु पनि सर्वसाधारणले रुचाएका उत्पादनहुन्। यो कम्पनीले केही समयअघि ल्याएको स्टिलको ट्यांकीले पनि व्यापक रुपमा बजार लिइरहेको छ। पञ्चकन्या मुलुकको प्रतिष्ठित व्यापारिक घरानामध्ये एक हो।
 

प्रकाशित: ९ वैशाख २०७६ ०१:५७ सोमबार

पञ्चकन्या जापान तालिम