अर्थ

सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ। अब सिटिजन्सका ग्राहकले बैंकको कुनै पनि शाखाबाट युनाइटेड इन्स्योरेन्समा निर्र्जीवन बिमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बिमा लेख लिन, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमासम्बन्धी सेवा लिन सक्ने बताइएको छ।
यसबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा बिमासम्बन्धी सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७६ ०१:३४ शुक्रबार

सिटिजन्स_बैंक इन्टरनेसनल_लिमिटेड युनाइटेड_इन्स्योरेन्स