अर्थ

मुक्तिनाथ बैंकले ल्यायो ‘मेरो पहिलो बचत खाता’

काठमाडौं – मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारासहित खोलौं बैंक खाता अभियानलाई २०७६’ सञ्चालनमा ल्याएको छ।

यसका लागि नयाँ बचत योजना ‘मेरो पहिलो बचत खाता’ सञ्चालन ल्याएको छ। २०७६ वैशाख १ गतेदेखि लागु हुने उक्त बचत खाता खोल्नु हुने प्राकृतिक व्यक्तिहरुलाई खाता खोल्नासाथ बैंकले १०० रुपैयाँ नगद खातामा जम्मा गरिदिने छ। साथै ग्राहकहरुको मोबाइलमा एक सय रुपैयाँको रिचार्ज गरिदिने छ। 

प्रकाशित: ५ वैशाख २०७६ १३:०८ बिहीबार

मुक्तिनाथ_विकास_बैंक समृद्धिसँग_जोडौँ_नाता