अर्थ

राष्ट्रिय वाणिज्य बैंकको ज्येष्ठ नागरिक खाता सञ्चालनमा

काठमाडौं – ‘समृद्धिसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता’ अभियान–२०७६ अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको सहकार्य र अग्रज समाज नेपालको आयोजनामा काठमाडौं मीनभवनस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा ज्येष्ठ नागरिकहरुको लागि बैंक समृद्धि बचत खाता खोल्ने कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशीले ज्येष्ठ नागरिक उद्धबबहादुर थापालाई चेकबुक हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरे।

रावा बैंक समृद्धि बचत खाता खोल्दा बैंकको तर्फबाट एक सय रुपैयाँ खातामै जम्मा गरिने छ। सो कार्यक्रममा अग्रज समाज नेपालका केन्द्रीय अध्यक्ष महाप्रसाद पराजुली, बैंकका ब्रान्च अपरेसन विभागका निमित्त विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, शाखा कार्यालय नयाँ बानेश्वरका प्रबन्धक राजेन्द्र आचार्य, उपप्रबन्धक जितेन्द्रसिंह थापा समेतको उपस्थिति थियो।

प्रकाशित: ५ वैशाख २०७६ १२:५६ बिहीबार

वाणिज्य_बैंक समृद्धि_बचत_खाता समृद्धि