अर्थ

प्रभु बैंकको सहुलियत कर्जा

काठमाडौं – नेपाल राष्ट्र बैंकद्वारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार प्रभु बैंकले आफ्ना सबै शाखामार्फत ब्याज अनुदानसहित सहुलियत कर्जा दिने योजना ल्याएको छ।

लक्षित वर्ग र क्षेत्रलाई सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएको बैंकले नयाँ कर्जा योजना ल्याएको जनाएको छ। बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी विकासको लागि अधिकतम पाँच करोड, शिक्षित युवा स्वरोजगारको लागि सात लाख, विदेशबाट फर्केकालाई १० लाख रुपैयाँ, महिला उद्यमशीलताको लागि १५ लाख कर्जा दिने जनाएको छ। त्यसैगरी, दलित समुदाय व्यवसाय विकासको लागि १० लाख रुपैयाँ सहुलियत कर्जा दिने बैंकले जनाएको छ। उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि पाँच लाख कर्जा दिइने बैंकको भनाइ छ। भूकम्पपीडितले निजी आवास निर्माणका लागि तीन लाख रुपैयाँ कर्जा पाउनेछन्।

प्रकाशित: ५ वैशाख २०७६ ०२:५८ बिहीबार

नेपाल_राष्ट्र_बैंक प्रभु_बैंक कार्यविधि